तपाईँ सुन्दै हुनुहुन्छः

बर्दघाटमा निर्वाचन प्रहरीलाई सर्पदंशसम्बन्धी तालिम

नवलपरासी,पश्चिम्। पश्चिम नवलपरासीको बर्दघाटमा निर्वाचन प्रहरीलाई  सर्पदंश सम्बन्धी सचेतनामूलक तालिम प्रदान गरिएको छ ।

मूलतः गर्मी समय सुरु भएसँगै तराइ क्षेत्रमा सर्पदंशसम्बन्धी जोखिम बढी हुने भएकाले सचेतना मूलक तालिम प्रदान गरिएको हो ।

इलाका प्रहरी कार्यालय बर्दघाटमार्फत तालिम लिइरहेका २ सय ४७ जना निर्वाचन प्रहरीलाई सर्प पहिचान तथा सर्पदंश रोकथाम र व्यवस्थापन सम्बन्धी तालिम अभिमुखीकरण गरिएको हो ।

संरक्षणकर्मी तथा फोटोपत्रकार राज अधिकारी र सर्प उद्धारकर्मी दुर्गा लामिछानेले सहभागीलाई सहजीकरण गरेका थिए । 

इलाका प्रहरी कार्यालय बर्दघाटका प्रहरी निरीक्षक कृष्ण डाँगीले सर्पदंश सम्बन्धी सचेतताले निर्वाचनको समय र त्यसपछि पनि समाजमा सचेतना बढाउनका लागि यस्तो तालिम गराइएको तालिम प्रभावकारी हुने बताउनु भयो । पश्चिम नवलपरासीको दक्षिणी भेगमा सर्पदंशका घटना बढी हुने गर्दछ ।समयमा उपचार नपाउँदा कतिपय अवस्थामा ज्यानै समेत जाने गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button