अवैध कामदार भर्ती रोक्न यूएईको कदम : २३० सामाजिक सञ्जाल खाता बन्द

दुबई — यूएईले घरेलु कामदार भर्तीसम्बन्धी अवैध गतिविधि रोक्न सन् २०२५ मा २३० वटा सामाजिक सञ्जाल खाता बन्द गरेको छ। मानव संसाधन मन्त्रालयले ती खाता अनुमति बिना सञ्चालन गरिएको र आधिकारिक एजेन्सीसँग सम्बन्धित नभएको जनाएको छ।
मन्त्रालयका अनुसार केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत लाइसेन्स बिना कामदार पठाउने वा राख्ने सेवा प्रचार गरिरहेका थिए।
यसले ठगी र अन्य समस्या निम्त्याउन सक्ने भन्दै सरकार सक्रिय भएको हो। सरकारले अब यस्ता गतिविधिमाथि निगरानी बढाएको छ।
कामदार राख्दा वा पठाउँदा आधिकारिक र लाइसेन्स प्राप्त एजेन्सीमार्फत मात्र प्रक्रिया गर्न मन्त्रालयले आग्रह गरेको छ।
साथै, शंकास्पद विज्ञापन वा गतिविधि देखिएमा ६००५९०००० मा खबर गर्न पनि अनुरोध गरिएको छ।








प्रतिक्रिया राख्नुहोस्