तपाईँ सुन्दै हुनुहुन्छः

जलथल जंगलमा जंगली हात्ती मृत फेला

झापा । जलथल जंगलमा जंगली हात्ती मृत फेला परेको छ।

हिजो अपराह्न कचनकवल गाउँपालिका–७ स्थित दीपज्योती सामुदायिक वन क्षेत्रमा भाले जंगली हात्ती मृत अवस्थामा भेटिएको हो।

डिभिजन वन कार्यालय झापाबाट खटिएको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी मृत हात्तीको सदगत गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button