तपाईँ सुन्दै हुनुहुन्छः

गोली प्रहार गरेर अभियुक्तलाई समातियो, पैँसट्ठी तोला सुन बरामद

काठमाडौँ । काठमाडौँको बौद्धका रिन्जी लामाको घरबाट मङ्गलवार रु एक करोड चार लाख ५३ हजार बराबरका सुनका गहना चोरेर फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको छ ।  

प्रहरीले गए राति नागार्जुन नगरपालिका–६ बाट बाँकेका प्रेम चौधरीलाई गोली हानेर पक्राउ गरेको हो । निजका साथबाट ६५ तोला सुनसमेत बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले बताउनुभयो ।

उहाँका अनुसार प्रहरीमाथि खुकुरी प्रहार गरेपछि बाध्य भएर प्रहरीले गोली प्रहार गरेको थियो । अभियुक्तको खुट्टामा गोली लागेको छ । हाल निजको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । एक जना प्रहरी पनि घाइते भएका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button