तपाईँ सुन्दै हुनुहुन्छः

विश्वभर संक्रमित ५१ लाख नाघे, ३ लाख ३४ हजारको मृत्यु

जेनेभा । कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ३४ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५१ लाख नाघेको छ ।

वल्डोमिटर्सको अनुसार नेपाली समयानुसार शुक्रबार बिहानसम्म विश्वभर २४ घण्टाको अवधिमा एक लाख ६ हजार जना नयाँ संक्रमित भेटिएका छन् । विगत २४ घण्टामा विश्वभर ४ हजार ८८० जनाको ज्यान गएको छ ।

प्राप्त समाचार अनुसार विश्वभर करिब ४५ हजार ६ सय ३५ जनाको स्वास्थ्य अवस्था कोरोनाभाइरसबाट अत्यन्त जटिल रहेको छ भने २७ लाख ७६ हजारको स्वास्थ्य अवस्था सामान्य वा मध्यम छ ।

सबैभन्दा प्रभावित संयुक्तराज्य अमेरिकामा पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार ४०५ व्यक्तिको मृत्यु भएको छ । योसहित अमेरिकामा मृत्यु भएका व्यक्तिको कूल संख्या ९६ हजार ३४१ पुगेको छ ।

युरोपेली मुलुकहरुमध्ये कोरोनाभाइरसबाट बेलायतमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । पछिल्लो विवरण अनुसार बेलायतमा ३६ हजार ४२ जनाको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button