तपाईँ सुन्दै हुनुहुन्छः

साफ महिला फुटसल च्याम्पियनसिप : पाकिस्तानविरुद्ध नेपालको सानदार जित

काठमाडौँ । उपाधि होडबाट बाहिरिइसकेको नेपालले साफ महिला फुटसल च्याम्पियनसिपमा पाकिस्तानविरुद्ध ५–१ को सानदार जित हासिल गरेको छ ।

बुधबार बैंककस्थित नोनथाबुरी रंगशालाको फुटसल एरिनामा सम्पन्न आफ्नो पाँचौँ खेलमा अनिता केसी, जेनिफर रानामगर र मनिषा थापामगरले सानदार खेल प्रस्तुत गरे । दुई गोलमा असिस्ट प्रदान गरेकी अनिताले नेपालको सुरुआती गोलमा पनि अहम भूमिका खेलिन् । त्यस्तै जेनिफरले एक गोल र दुई असिस्ट तथा मनीषाले दुई गोल गरिन् । जितसँगै नेपाल पाँच खेलमा सात अंक जोड्दै अङ्कतालिकाको तेस्रो स्थानमा उक्लियो ।

हारसँगै पाकिस्तान पनि उपाधि होडबाट बाहिरिएको छ । पाकिस्तानको पनि ७ अंक छ । शीर्ष स्थानको बङ्गलादेशले चार खेलबाट १० अंक जोडिसकेका कारण पाकिस्तानको सम्भावना सकिएको हो ।

नेपाललाई जित दिलाउन मनिषा र जेनिफर बाहेक दीपा राई र रोशनी बोहरा क्षेत्रीले समान एक गोल गरे । पाकिस्तानका लागि अज्वा चौधरीको गोल सान्त्वना बन्न पुग्यो । नेपालले आफ्नो अन्तिम खेलमा आइतबार भुटानसँग खेल्नेछ । पाकिस्तानले आफ्नो अन्तिम खेलमा शुक्रबार बङ्गलादेशको सामना गर्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button