तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिनिधिसभा सदस्य निर्वाचनः मुस्ताङमा चार जना उम्मेदवार

काठमाडौँ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा तीन हजार ४८६ उम्मेदवारले मनोनयनपत्र दर्ता गराएका छन् ।

निर्वाचन आयोगका अनुसार तीन हजार ८९ पुरुष, ३९६ महिला र तेस्रो लिङ्गी एक जना गरी तीन हजार ४८६ को उम्मेदवारी दर्ता भएको हो । मुस्ताङमा चार जनाले मात्र उम्मेदवारी दर्ता गराएका छन् भने मनाङमा पाँच जनाको उम्मेदवारी परेको छ ।

यही माघ ९ गते अपराह्न १ः०० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । सोही दिन ४ः०० बजेदेखि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button