तपाईँ सुन्दै हुनुहुन्छः

सर्पले डसेर मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवपुरमा सर्पले डसेर एक युवकको ज्यान गएको छ ।

शिवराज नगरपालिका वडा १ बस्ने २० वर्षीय सोनु विकको गए राति सुतिरहेका बेला विषालु गोमनले डसेको वडा नं १ का वडाध्यक्ष जगत जिसीले बताउनुभयो ।

उहाँका अनुसार राति सर्पले डसेको हो, होइन भनी यकिन गर्दा धेरै समय लागेको र समयमा नै उपचार गराउन नसक्दा मृत्यु भएको हो ।

राति करीब १२ बजे सर्पदंश भए पनि बिहान मात्र उपचारका लागि गोरुसिंगेस्थित नेपाली सेनाले सञ्चालन गरेको उपचार केन्द्रमा पु¥याउँदा बाटामै मृत्यु भएको थियो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button