श्री देवी हार्डवेयरद्वारा मेलम्ची नगरपालिकाको कोरोना कोषमा एक लाख जार १० हजार सहयोग
मेलम्ची । श्री देवि हार्डवेयर प्रालि मेलम्चीले मेलम्ची नगरपालिकाको कोरोना सङ्क्रमण रोकथाम कोषमा रु.एक १ लाख १० हजार रकम जम्मा गराएको छ ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नगपालिकाले खडा गरेको कोरोना संक्रमण रोकथाम कोषमा बुधबार सो रकम सहयोग गरेको श्री देवि हार्डवेयर प्रालि मेलम्चीका सञ्चालक तथा युवा व्यवसायी जनकलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।
२५ लाखबाट सुरु गरिएको उक्त कोषमा यस अघि विभिन्न व्यक्ति, संस्था र राजनैतिक दलहरुले रकम जम्मा गराएका थिए ।
सामाजिक उत्तरदायित्व अन्तर्गत विपत्तिको यस घडिमा सहयोग गर्नु सबैको उत्तरदायित्व रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी कोेरोनाबाट मृत्यु भएका सिन्धुपाल्चोकका सुत्केरी महिलाको शिशुको लागि सिन्धुपाल्चोक मेलम्ची–१० शिखरपुरका (हाल अमेरिका ) दिनेश खतिवडाले ५१ हजार १ सय ५१ रुपैँया सहयोग गर्नु भएको छ ।
उक्त रकम बुबा बिमल चालिसेको नाममा रहेको बैंक खातामा जम्मा गरिदिएको खतिवडाले जानकारी दिनुभयो ।
शिशुको हेरचाह तथा पोषणको लागि उक्त रकम सहयोग गरेको उहाँको भनाई रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्