तपाईँ सुन्दै हुनुहुन्छः

सङ्क्रमितको मृत्युकाे समाचार गलत: क्रिमसन अस्पताल

काठमाडौं। नेपालमा कोरोना सङ्क्रमित तेश्रो व्यक्तिको मृत्यु भएको भन्ने समाचार निराधार रहेको बिरामीको उपचार भइरहेको रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालले जनाएको छ ।

अस्पतालले एक विज्ञप्ति प्रकाशित गरी ती व्यक्तिकाे आइसीयूमा उपचार भइरहेको र अवस्था गम्भीर रहेको स्पष्ट पारेको छ ।

यसअघि विभिन्न अनलाइनहरूले उपचाररत ती सङ्क्रमितकाे मृत्यु भएको समाचार प्रकाशित गरेका थिए ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button