तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कार्की र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच निर्वाचन केन्द्रित छलफल भएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री कार्की र अध्यक्ष ओलीबीच फागुन २१ गतेको निर्वाचनलाई भयरहित र निष्पक्ष ढङ्गले सम्पन्न गराउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

भेटमा अध्यक्ष ओलीले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष ढङ्गले सम्पन्न गराउन सुरक्षा व्यवस्थाबारे चासो राख्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ रामबहादुर रावलले जानकारी दिनुभयो । 

भेटवार्ता निर्वाचन सम्पन्न गराउनमै केन्द्रित भएको भए पनि वर्तमान राजनीतिक विषयमा समेत सामान्य छलफल भएको प्रेस विज्ञ रावलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button