तपाईँ सुन्दै हुनुहुन्छः

नीति तथा कार्यक्रमाथि सांसदहरुले बोल्ने क्रम सम्पन्न

फाइल तस्बिर

प्रतिनिधि सभाको आजको बैठकमा सरकारद्वारा प्रस्तुत आर्थिक वर्ष २०७७–७८ को नीति तथा कार्यक्रम माथिको छलफलमा संसदहरुले बोल्ने क्रम सम्पन्न भएको छ ।

छलफलमा संसदहरुले उठाउनु भएका प्रश्नहरुको सम्बन्धमा भोली बस्ने बैठकमा प्रधानमन्त्रीले जवाफ दिनुहुने कार्यक्रम रहेको छ ।

छलफलमा भाग लिदै सत्तापक्षीय दलका सांसदहरुले कोभिड १९ को संक्रमण र त्यसबाट सिर्जना हुन सक्ने आर्थिक सामाजिक चाुनौतीसँग जुध्ने गरी कार्यक्रम आउनु नीति तथा कार्यक्रमको राम्रा पक्ष भएको बताउनुभयो ।

सांसदहरुले विभिन्न देशबाट नेपाली स्वदेश फर्कन चाहिरहेको अवस्थामा उत्पन्न हुन सक्ने रोजगारीको समस्या हल गर्न कृषिमा ल्याइएका राम्रा कार्यक्रमहरुलाई पर्याप्त वजेट व्यवस्थापन गरेर अगाडी बढ्नु पर्ने बताउनुभयो ।

उहाँहरुले भारतले नेपाली भू–भाग मिचेर सडक निर्माण गरेको अवस्थामा राष्ट्रिय स्वाधिनता र स्वतन्त्रताको रक्षा गर्नका लागि नीति तथा कार्यक्रममा आएको विषय सवै भूभाग समेटेर नक्सा सार्वजनिक गर्न ढिला गर्न नहुनेमा जोड समेत दिनुभयो ।

नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन गरेर नेपाली जनताको अवश्यकता पुरा गर्न दृढतापूर्वमक लाग्नु पर्नेमा समेत सांसदहरुले जोड दिनुभयो ।

प्रमुख प्रतिपक्षी दल लगायतका प्रतीपक्षी दलका सांसदहरुले कोभिड १९ ले पारेका र पार्न सक्ने प्रभावको आकलन गर्दै प्राथमिकता छुट्टयाएर नीति तथा कार्यक्रम आउन नसकेको भन्दै पुरातन र सरकारको गुणगान गाउने गरी मात्रै आएको बताउनु भयो ।

उहाँहरुले आमनागरिकको दुःखमा सरकार संवेदनशिल बन्न नसकेको भन्दै संकटपछीको अवस्थाका रोजगारी सिर्जना गर्ने ठोस कार्यक्रम आउन नसकेको समेत बताउनुभयो ।

लिपलेक, लिम्पियाधुरा र कालापानी समेटेर नेपालको नक्सा सार्वजनिक गर्ने विषय नीति तथा कार्यक्रममा आउनु सकारात्मक रहेको भन्दै छिटो वार्ता गरेर समस्या समाधान गर्नु पर्नेमा सांसदहरुले जोड समेत दिनुभयो ।

सांसदहरुले नेपालमा उत्पादित कृषि उत्पादनले बजार पाउन नसकेको अवस्थामा आयात रोक्ने तथा कृषि क्षेत्रको विकास बजारीकरण गर्ने ठोस योजनासहितका कार्यक्रम ल्याउनु पर्नेमा जोड दिनुभयो ।

आर्थिक वृद्धिमा गिरावट आएको र आउने समयमा झन घट्न सक्ने भन्दै कृषि, स्वास्थ्य, रोजगारी र पर्यटन क्षेत्रलाई विषेश प्राथमिकतामा राखेर विषेश योजना सहितको वजेट ल्याउनु पर्नेमा सांसदहरुले जोड समेत दिनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भोली मध्यान्ह १२ बजे बस्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button