तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपतिसँग प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको भेटवार्ता

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री सुशीला कार्की र प्रमुख तीन दलका शीर्ष नेताहरूको भेटवार्ता सुरु भएको छ । 

राष्ट्रपति कार्यालय शीतल निवासमा सुरु भएको भेटमा प्रधानमन्त्री सुशीला कार्की तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुनुहुन्छ ।

भेटवार्तामा पछिल्लो राजनीतिक घटनाक्रम, सरकार सञ्चालन, संसद्‌को अवस्था तथा समसामयिक राष्ट्रिय मुद्दाबारे छलफल हुने बताइएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button