तपाईँ सुन्दै हुनुहुन्छः

नेपाली सेनाले चीनबाट ल्याएको स्वास्थ्य सामग्री काठमाडौँ पठाइयो

मेलम्ची । नेपाली सेनाले चीनबाट ल्याएका स्वास्थ्य सामग्री काठमाडौं पठाइएको छ । आज तातोपानी भन्सार कार्यालयबाट सबै भन्सार प्रक्रिया पुर्याएर ती सामग्री काठमाडौं पठाइएको हो ।

सेनाले ल्याएको १० कन्टेनर स्वास्थ्य सामग्री काठमाडौं पठाएको तातोपनी भन्सारका प्रमुख लाल बहादुर खत्रीले जानकारी दिनुभयो ।

सरकारले नेपाली सेनालाइ कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा आवश्यक पर्ने मेडिकल सामाग्री खरिदगरी ल्याउन जिम्मेवारी दिएपछि शुक्रवार स्वास्थ्य सामाग्री नेपाल भित्रयाएको थियो ।

सरकारले सो मेडिकल सामाग्री खरिद गरेर ल्याउने जिम्मेवारी दिएपछि सेनाले सो मेडिकल सामाग्री ल्याएको हो ।

तातोपानी भन्सार कार्यालयका अनुसार सामानलाइ १२ घण्टा क्वारेन्टाइनमा राखेपछि आज भन्सार गरेर राजधानी पठाइएको तातोपानी भन्सार प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।

सरकारले तातोपानी नाका सञ्चालनमा ल्याउने निर्णय गरेपछि यस अघि निजी क्षेत्रका व्यापारीहरुले स्वास्थ्य सामाग्री ल्याएका थिए ।

स्वास्थ्य सामाग्रीसँंगै लकडाउनको समयमा आवश्यक पर्ने खाद्यान्न, फलफुल, तरकारी र विउविजन जस्ता सामाग्री नाकाबाट आयात गर्न पाउने व्यवस्था समेत गरिएको भन्सार प्रमुख लालबहादुर खत्रीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button