झापामा मोटरसाइकल दुर्घटनामा दुईजनाको मृत्यु
झापा, भद्रपुर। झापाको बिर्तामोडमा हिजो साँझ मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
जिल्ला ट्राफिक प्रहरीका अनुसार, चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको मे ५ प ६२२२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो। दुर्घटनामा मोटरसाइकलमा सवार भद्रपुर–९ का २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर–७ का २५ वर्षीय शीर्षक सुवेदीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनीहरूलाई उपचारका लागि बीएण्डसी अस्पताल लगिएकोमा डाक्टरले मृत घोषणा गरेका थिए।
प्रहरीको अनुमान छ कि निर्माणाधीन राजमार्गमा डाइभर्सनका कारण मोटरसाइकलको गति नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुन सक्छ।
दुर्घटनामा परेको मोटरसाइकल इलाका प्रहरी कार्यालय अनारमनीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।








प्रतिक्रिया राख्नुहोस्