आज लकडाउनको ५४ दिन , ७७ मध्ये २६ जिल्लामा फैलियो कोरोना, पर्सामा सर्वाधिक ९१ जना
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालका ७७ मध्ये २६ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।
संक्रमित मध्ये ३६ जना निको भएर घर फर्किएका छन् ।कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देशभर लकडाउन घोषणा गरेको पनि ५४ दिन भैसकेको छ ।
मन्त्रालयका अनुसार हालसम्म सबैभन्दा धेरै संक्रमित पर्सामा फेला परेका छन् । यो बीचमा जम्मा ८७ हजार व्यक्तिको नमूना परीक्षण गरिएको छ ।
पछिल्लो कोरोना परीक्षण रिपाेर्टअनुसार थप ३ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
कोरोना विवरण यसप्रकार छः
पर्साः ९१ जना
कपिलवस्तुः ४२जना
बाँकेः ३३ जना
रुपन्देहीः २८ जना
उदयपुरः ३३ जना
काठमाडौंः ९ जना
धनुषा, कैलालीः ४ जना
चिवन, रौतहट, बारा, दाङः ३ जना
सर्लाही, बर्दिया, बाग्लुङ, झापा, महोत्तरी, भक्तपुरः २/२ जना
धादिङ, भोजपुर, कञ्चनपुर, नवलपरासी (पश्चिम), सप्तरी, पूर्वी नवलपरासी, मकवानपुर, सिरहाः १/१ जना
शुक्रबारसम्म पिसिआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमूना परीक्षण गरिएको छ भने आरडिटीबाट ६३ हजार ८५ जनाको परीक्षण गरिएको छ ।
देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ जना आइसोलेसनमा उपचाररत छन् । हालसम्म कर्णाली प्रदेश कोरोनामुक्त रहेको छ ।
देशभरीका क्वारेन्टाइनमा १५ हजार ६ सय ८३ जना रहेका छन् ।
स्रोत: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय








प्रतिक्रिया राख्नुहोस्