थप ६ जनामा काेराेना सङ्क्रमण , कुल २७३ पुग्यो
काठमाडौँ। पछिल्लो कोरोना परीक्षण रिपार्टअनुसार थप ६ जानमा सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित संख्या २७५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षणमा बर्दिया, नार्खु ११ निवासी २८ वर्षीया महिला, सिराहा, सखुवा १९ निवासी ३० वर्षीय पुरुष, पर्साको वीरगञ्ज १२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर ४ निवासी १८ वर्षीय महिला, चितवनको गढौली १ निवासी २५ वर्षीया महिला हुनुहुन्छ ।
संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्