एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा
काठमाडौँ । राजधानीमा जारी साफ महिला क्लब च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालको एपिएफ क्लब समूह उपविजेता बन्दै फाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेरश्वरस्थित दशरथ रङ्गशालामा आज भएको राउन्ड रोविन लिगको अन्तिम खेलमा भारतको इस्ट बङ्गालसँग गोलरहित बराबरीमा खेल्दै एपिएफ उपविजेताका रूपमा फाइनलमा प्रवेश गरेको हो ।
त्यसैगरी बराबरी खेलसँगै इस्ट बङ्गाल पनि समूह विजेता बन्दै प्रतियोगिताको फाइनलमा पुग्यो । खेलको विभिन्न समयमा पाएको अवसर दुवै टोलीले सदुपयोग गर्न नसकेपछि खेलमा गोल हुन सकेन ।
फाइनल खेल यही पुस ५ गते हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्