एमालेको ११औँ राष्ट्रिय महाधिवेशन : एक सय आठ जना महाधिवेशन प्रतिनिधि मनोनीत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी(एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनका लागि १०८ जना प्रतिनिधिमा मनोनीत भएका छन् ।
शुक्रवारको सचिवालय बैठकले तीन प्रतिनिधि मनोनयन गरेको हो ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले कूल प्रतिनिधिको पाँच प्रतिशतका दरले १०८ जनालाई मनोनयन गर्नुभएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो ।
मनोनयन हुनुभएका प्रतिनिधिमा राष्ट्रियसभाका पूर्व अध्यक्ष गणेश तिमिल्सेना, काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोल, काठमाडौँ एमाले अध्यक्ष दीपक निरौला, ललितपुर अध्यक्ष पुरुषोत्तम आचार्य, भक्तपुर अध्यक्ष बच्चन देउजालगायत हुनुहुन्छ ।








प्रतिक्रिया राख्नुहोस्