तपाईँ सुन्दै हुनुहुन्छः

भारतमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु, २९ घाइते

नयाँ दिल्ली । दक्षिणी भारतीय राज्य आन्ध्र प्रदेशमा शुक्रवार यात्रुबहाक बस सडकबाट चिप्लेर खोलामा खसी दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु हुनुका साथै अन्य २९ जना घाइते भएको प्रहरीले जनाएको छ ।  

प्रहरीका अनुसार घाइते मध्ये केहीको अवस्था गम्भीर रहेको छ ।

आन्ध्र प्रदेशको राजधानी अमरावतीबाट करिब २६७ किलोमिटर उत्तर पूर्वमा रहेको अल्लुरी सीताराम राजु जिल्लाको तुलसीपाकालु गाउँ नजिकै दुर्घटना भएको जनाएको छ ।  प्रहरीका अनुसार बसमा ३५ जना यात्रु, दुई जना चालक र एक जना क्लीनर सवार थिए ।

दुर्घटनाको लगत्तै, मारेदुमिली र चिन्टुर प्रहरी स्टेसनका टोलीहरू घटनास्थलमा पुगेर स्थानीयहरूसँग मिलेर उद्धार कार्य सुरु गरेको जनाइएको छ । 

पीडितहरू अरकु उपत्यकाबाट यात्रा गर्ने स्थानीय पर्यटकका रूपमा पहिचान गरिएको छ  भने उनीहरू भद्राचलम मन्दिरमा दर्शन गर्नको लागि हिँडिरहेका थिए । 

प्रहरीले दुर्घटनाको अनुसन्धानको आदेश दिएको छ ।  प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानले बस जङ्गलले घेरिएको बाटोको तीव्र मोडमा हिँड्दा सडकबाट पल्टिएर ठाडो ढलानबाट खस्दा दुर्घटना भएको खुलासा गरेको छ । रासस÷सिन्ह्वा

बाक्लो कुहिरोका कारण बस चालकले सडकमा  नदेखेको र खोलामा झरेको हुन सक्ने एक प्रहरी अधिकारीले बताउनु भएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटना प्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई क्षतिपूर्तिको घोषणा गर्नु भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button