तपाईँ सुन्दै हुनुहुन्छः

इजरायलमा चीनको इलेक्ट्रिक र हाइब्रिड कारको लोकप्रियता बढ्दै

जेरुसेलम। चीनको गाडी निर्माता ‘जीली अटो’ले बिहीबार इजरायलमा आफ्नो पहिलो हाइब्रिड इन्धन कार सार्वजनिक गरेको छ । यसबारे जीलीको आधिकारिक आयातकर्ता ‘जियो मोबिलिटी’ले जानकारी दिएको छ ।

नयाँ मोडल जीली स्ट्रारी ईएम(आइ (चीनमा जीली ग्यालेक्सी स्टारशिप ७) प्लग(इन हाइब्रिड इन्धन कार हो । यसमा पेट्रोल इन्जिन र इलेक्ट्रिक मोटर दुवै छन् । इलेक्ट्रिक मात्र चलाउँदा कारले ८३ किलोमिटर यात्रा गर्न सक्छ भने दुवै इन्धन प्रयोग गर्दा ९४३ किलोमिटरसम्म यात्रा गर्न सकिन्छ ।

यो कार शून्यदेखि १०० किलोमिटर प्रतिघण्टा गति ८ सेकेन्डमा पुर्‍याउन सक्छ र अधिकतम गति १७० किलोमिटर प्रति घण्टा छ । जीली अटोले सन् २०२१ को अन्त्यमा इजरायल बजारमा प्रवेश गरेको थियो । जीलीको ब्रान्ड जिक्रका तीन इलेक्ट्रिक गाडी पनि इजरायलमा बिक्री हुँदै आएका छन् ।

यस वर्षको पहिलो ११ महिनामा चीनले बनाएका गाडीले इजरायलमा सबैभन्दा बढी बिक्री गरेको देखिएको छ । यसमा पेट्रोल, हाइब्रिड इन्धन र पूर्ण इलेक्ट्रिक गाडी मिलाएर ९६ हजार २०८ गाडी बिक्री भएका छन्। रासस/सिन्ह्वा 

प्रतिक्रिया राख्नुहोस्

Back to top button