तपाईँ सुन्दै हुनुहुन्छः

चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु

बेइजिङ। दक्षिणी चीनको आवासीय भवनमा आगलागी हुँदा १२ जनाको मृत्यु भएको चिनियाँ सरकारी मिडियाले बुधवार जनाएको छ ।

गुआङ्गडोङ प्रान्तको सान्टौमा रहेको चार तले भवनमा मङ्गलबार राति ९ः२० बजे सूरु भएको आगलागी राति १०ः०० बजे पछि नियन्त्रणमा लिएको स्थानीय अग्निशमन विभागले विज्ञप्ति मार्फत जनाएको छ ।

यस अघि गुआङडोङ र हङकङका आवासीय टावरहरूमा ठुलो आगलागी हुँदा १६० जनाको मृत्यु भएको थियो ।

“आगोले भवनको १५० वर्ग मिटर क्षेत्रलाई असर गरेको जनाउदै चाओनान जिल्ला फायर एण्ड रेस्क्यु टोलीले आगलागीको कारण अनुसन्धान तथा र  व्यवस्थापनको कार्य भइरहेको बताएको छ । 

यस अघि बुधवार बिहानको प्रारम्भिक रिपोर्टमा आठ जनाको मृत्यु भएको र चार घाइतेलाई अस्पताल लगिएको जनाइएको  थियो ।

 हाल चिनियाँ सरकारी समाचार एजेन्सि सिन्ह्वाले १२ जनाको मृत्यु भएको बताएको छ ।

गत महिना हङकङमा आगलागी भएपछि चीनले अग्ला भवनहरूमा आगोको खतरा विरुद्ध अभियानसमेत चलाएको छ । रासस/एएफपी 

प्रतिक्रिया राख्नुहोस्

Back to top button