गाजा सहित २ जना पक्राउ
बारा । बारा प्रहरीले लागु औषध गाजा सहित २ जनालाई पक्राउ गरेको छ । गाँजा ओसार पसार भईरहेको भन्ने प्राप्त विशेष सुचनाको आधारमा बुधवार इलाका प्रहरी कार्यालय निजगढबाट प्रहरी निरिक्षक विकास थपलियाको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ती दुई जनालाई पक्राउ गरेको हो ।
जितपुर सिमरा उपमहानगरपालिका वडा नं.१६ स्थित पुर्वपश्चिम राजमार्ग सडक खण्डमा चेकजाँच गर्ने क्रममा निजगढ नगरपालिका वडा नं.१२ रामाथलीबाट पश्चिम पिलुवा तर्फ जादै गरेको बा ३३ प ७८७७ नम्बरको पल्सर मोटरसाईकल रोकि चेकजाँच गर्दा मोटरसाईकल चालक निजगढ नगरपालिका वडा नं.१२ रामथली बस्ने वर्ष २६ को सागर लामा र सोही मोटरसाईकलको पछाडी सवार ऐ.ऐ. बस्ने वर्ष ४० को कृष्ण लामालाई १३ किलो ५ सय ग्राम गाजासहित पक्राउ गरिएको प्रहरी प्रवतmा गौतम मिश्रले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्