तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडामा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा रोक

मकवानपुर । हेटौंडामा अत्यावश्यक बाहेकका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । कमाण्ड पोष्टले हेटौंडा बजार क्षेत्र भित्र मोटरसाईकल, स्कुटर, अटो, मयुरीलगायत चारपांग्रे सवारीसाधन सञ्चालनमा पुर्ण रुपमा रोक लागएको हो ।

तरकारी तथा खाद्यान्न किन्ने नाममा बजार क्षेत्रमा बढी भिडभाड बढेका कारण त्यस्ता सवारी साधनको प्रयोगमा रोक लगाईएको प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले जानकारी दिनुभयो ।

यस अघि जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको सक्रियतामा हिजो बसेको आकस्मिक बैठकले गरेका निर्णयहरुको कार्यान्वयनका लागि आज अनौपचारिक छलफल गरेर बजार क्षेत्रमा अनावश्यक यातायातका साधन सञ्चालनमा रोक लगाईएको हो ।

प्रजिअ नेपालले संक्रमित जिल्लाबाट तरकारी तथा माछामासु जन्य सामग्रीको आयात समेत पुर्ण रुपमा बन्द गरिने जानकारी दिनुभयो । उहाँले तरकारी तथा खाद्यान्न किन्ने नाममा वा मोर्नीङवाक हिड्ने नाममा बजार क्षेत्रमा भिडभाड नगर्न आग्रह गर्दै भोली देखि बजार क्षेत्रमा त्यस्तो कार्य भएको पाईएमा कारबाही हुने समेत जानकारी दिनुभएको छ ।

यस अघि हिजो बसेको आकस्मिक बैठकले सिमा नाकामा कडाई गर्ने, हेटौंडा–१० बसपार्क स्थित होलसेल तरकारी पसल बन्द गर्ने, हेटौंडा वजार क्षेत्रमा खाद्यान्न, औषधी, बिउविजन, ग्यास र रासाायनिक मलको पसल वाहेक अन्य पसलहरु अर्को निर्णय नभए सम्मका लागि वन्द गर्ने निर्णय गरेको थियो ।

जस अन्तरगत आजबाट रातोमाटे नाकामा थप कडाई गरिएको छ भने, भोलीबाट हेटौंडा–१० स्थित होलसेल तरकारी बसल पनि बन्द गरिने जिल्ला समन्व्य समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button