तपाईँ सुन्दै हुनुहुन्छः

महोत्तरीमा भारतसँग सीमा जोडिएका नाकामा उच्च सर्तकता

महोत्तरी । महोत्तरीमा भारतसँग सीमा जोडिएको बिभिन्न नाका तथा बजारहरुमा उच्च सर्तकता बढाउँदै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

महोत्तरी निवासी दुई जनामा कोरोना पुिष्ट भएपछि प्रशासनले उच्च सर्तकता बढाउदै थप कडाई गरेको हो ।

बुधवार बिहानैदेखि जिल्लामा प्रहरीको सकृयता बढाइएको छ भने ११ वटा बिभिन्न नाका समेत थप कडाई गरिएको प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले जानकारी दिनुभयो ।

पूर्व पश्चिम राजमार्ग र तराई मधेसबाट काठमाडौं प्रवेश गर्ने मुख्य नाका वीपी राजमार्ग अन्तर्गत महोत्तरीको बर्दिवासमा समेत थप कडाई गरिएको ईलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ ।

यसैबीच धनुषाको मिथिला नगरपालिका १० लालगढमा एक जनामा कोरोना संक्रमण देखिएपछि बर्दिवास नगरपालिका जोखिममा रहेको भन्दै उच्च सर्तकता अपाइएको छ ।

जलेश्वर नगरपालिका वडा नं. ३ का ३५ वर्षिय पुरुष र बल्वा नगरपालिका वडा नं. १० धमौरा घर भएका १६ वर्षिय पुरुषलाई कोरोना सक्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्रीले जानकारी दिनुभयो ।

संक्रमित दुवैलाई प्रादेशिक अस्पताल जनकपुरमा पुर्याइसकिएको छ ।

३५ वर्षिय जलेश्वर –३ का पुरुषले जनकपुरमै किताव पसल सञ्चालन गरेका र लकडाउनपछि घर नआएका परिवार उद्धृत गर्दै प्रमुख जिल्ला अधिकारी सुर्य वहादुर खत्रीले बताउनुभयो ।

त्यस्तै अर्का पोजिटिभ धमौराका–१६ वर्षिय पुरुष भारतबाट नेपाल प्रवेश गर्ने क्रममा धनुषा कै नाकामा समातिएर उत्तैबाट प्रादेशिक क्वारेन्टाइन पठाइएको र सोही क्वारेन्टाइनबाट उनको स्वाव लिइएकोले दुवैजना महोत्तरी प्रवेश नगरेकाले अझै महोत्तरीबासी यी दुवै पोजिटिभ केसबबाट डराउनु पर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो ।

प्रदेश नं २ का सामाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरेले महोत्तरीमा फेला परेका सङ्क्रमितहरुसँग सम्पर्कमा आएकाहरुको कन्ट्रयाक्ट टे«सिङ्ग गर्ने कार्यको लागि टोली परिचालन भइसकेको बताउनुभयो ।

यता विगत दुई दिनदेखि महोत्तरीमा लकडाउन प्रभावहिन रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button