तपाईँ सुन्दै हुनुहुन्छः

हेटौंडास्थित आइसोलेसनमा रहेको १७ जनाको रिपोर्ट नेगेटिभ

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ कर्रा स्थित श्रमिक माविमा रहेको आइसोलेसन वार्डमा रहेका १७ जनाको पिसिआर रिर्पोट आएको छ ।

आइसोलेसन वार्डमा रहेका २७ मध्ये १७ जनाको स्वाब संकलन गरेर हिजो परिक्षणका लागि पठाईएकोमा रिपोर्ट नेगेटीभ आएको हो ।

हेटौंडा–१० स्थित प्रयोगशालामा हिजो परिक्षणकालागि पठाईएको १७ जनाकै स्वाबको रिर्पोट नेगेटिभ आएको आइसोलेसन वार्डका संयोजक भोलाप्रसाद चौँलागाईले जानकारी दिनुभयो ।

आइसोलेसनमा अब १० जना बाँकी रहेको र उनीहरु सबैजना मकवानपुर बाहिरका रहेको उहाँले जानकारी दिनुभयो । आइसोलेसनमा रहेका अन्य १० जनाको पनि स्वाब परिक्षणको लागि पठाईएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button