जनकपुरधामका एक सञ्चारकर्मीमा कोरोनाको सङ्क्रमण
काठमाडौं। धनुषामा कोरोना भाइरसका तीनजना सङ्क्रमितमध्ये एकजना जनकपुरधामका सञ्चारकर्मी रहेको पुष्टि भएको छ । धनुषाका प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले संङ्क्रमित सञ्चारकर्मीसहित तीनैजनालाई जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा आइसोलेशनमा राखिएको जानकारी दिनुभयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले सङ्क्रमित तीनैजनाको परिवारजनलाई नजिकको क्वारेन्टाइनमा राखिएको जनाएको छ । नेपाली सेनाले प्रादेशिक अस्पताल जनकपुरधामका प्राबिधिकको सहयोगमा गत् बुधबार २४ गते २५ जना सञ्चारकर्मीको पीसीआर परीक्षण गरेको थियो । ४५ वर्षीय सञ्चारकर्मी र अर्का एकजना जनकपुरधाम उपमहानगरपालिका ४ मा पुस्तक पसल सञ्चालन गरेका व्यवसायि रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । दुबैजनाको वैशाख २४ गते पत्रकार महासंघ, धनुषाको भवनमा सञ्चालन गरिएको परीक्षणमा नमूना सङ्कलन गरिएको थियो ।
प्रहरी नायब उपरिक्षक कार्कीले सञ्चारकर्मी र पुस्तक व्यवसायि दुबैजनाको कन्ट्रयाक्ट ट्रेसिङ्ग भइरहेको जानकारी दिनुभयो । उहाँले तात्कालै दुबैजनामा कहाँबाट सरेको भन्न सकिने अवस्था नरहेको बताउनुभयो । धनुषा र महोत्तरीका चारजनामध्ये तीनजना धनुषाका छन् । एकजना धनुषाकै मिथिला नगरपालिकाको महिला रहेको लालगढको रहेको प्रहरी कार्यालयले जनाएको छ । महिला केही दिन अघि मात्रै भारतको नयाँ दिल्लीबाट आउनुभएको थियो ।
तीनैजनाको परिवारका करिब २० जनालाई क्वारेन्टाइनमा राखिएको उहाँले जानकारी दिनुभयो ।
जनस्वास्थ्य प्रयोगशाला, टेकुले मङ्गलबार परीक्षण प्रतिवेदन सार्वजनिक गर्दा संक्रमितमध्ये दुईजना धनुषा र दुईजना महोत्तरीका रहेको जनाएको थियो ।








प्रतिक्रिया राख्नुहोस्