तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन प्रयोजनका लागि निवेदन दिने समय चार दिन थपियो

आजसम्म १०६ दलद्वारा निवेदन पेश

काठमाडौँ । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दल दर्ताका लागि ४ दिन समय थप गरेको छ ।

दल दर्ताका लागि यही मङ्सिर १ गतेदेखि आजसम्मको समय दिइएकामा विभिन्न पक्षको आग्रहमा आयोगको आजको बैठकले चार दिन समय थप्ने निर्णय गरेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । 

आयोगका हाल दर्ता कायम रहेका १३७ दलमध्ये आजसम्म १ सय ६ दलले   निर्वाचनमा भाग लिन निवेदन दिएका आयोगका सहसचिव यज्ञ प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अब ९९ दिन बाँकी छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button