एकै दिन ५७ जनामा कोरोना भाइरस सङ्क्रमण, नेपालमा सङ्क्रमित सङ्ख्या एक सय ९१ पुग्यो

काठमाडौँ । नेपालमा आज एकै दिन ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना भाइरसका सङ्क्रमित सङ्ख्या एक सय ९१ पुगेको छ ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँको प्रयोगशालामा गरिएको परिक्षणमा ५७ जना पुरुषहरुमा कोरोना भाइरसको सङ्क्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा नयाँ सङ्क्रमित भेटिएका हुन्। ।
जसअन्र्तगत कपिल्बस्तु जिल्लाका आठ जना, रुपन्देही जिल्लाका नौ जना, पर्सा जिल्लाका ३९ जना र बारा जिल्लाका एक जना रहेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवत्ता समिर कुमार अधिकारीले सङ्क्रमित सबैको अवस्था सामान्य रहेको र सबै जना स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्