तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचनको पूर्व तयारीबारे राजनीतिक दलसँग आयोगको छलफल

काठमाडौँ । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य तथा फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको पूर्व तयारीबारे निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गरेको छ ।

छलफलमा आयोगले प्रस्तावित निर्वाचन कार्यक्रम र मतदाता नामावली अद्यावधिकबारे जानकारी गराएको थियो भने राजनीतिक दलहरूले सुरक्षा व्यवस्था, निर्वाचन वातावरण, आचारसंहिता पालना र खर्च मितव्ययी बनाउन सुझाव दिएका थिए ।

राजनीतिक दलबाट प्राप्त सुझावहरूको सम्बोधन गर्नुहुँदै आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आसन्न निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । 

उहाँले शान्ति–सुरक्षाको भरपर्दो व्यवस्था मिलाइ उम्मेदवार र मतदाताले निर्बाध सहभागिता जनाउन सक्ने वातावरण सुनिश्चित गर्न आयोग प्रतिबद्ध रहेको बताउनुभयो ।

प्रमुख आयुक्त भण्डारीले आयोगले तयार पारेको निर्वाचन आचारसंहिता मस्यौदा वेबसाइटमा राखिएको र राजनीतिक दललाई इमेलमार्फत पठाइएको जानकारी दिनुहुँदै, सुझाव भएमा शीघ्र उपलब्ध गराउन आग्रह गर्नुभयो ।

कार्यक्रममा आयुक्त द्वय डा जानकीकुमारी तुलाधर र सगुनशम्शेर जबरा, सचिव महादेव पन्थलगायतको उपस्थिति थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button