रसायनिक मल प्रयोगबारे किसानलाई प्रशिक्षण शुरु
मेलम्ची । हेलम्बु गाउँपालिकाले अनुदानमा रसायनिक मल वितरण गरेसँगै यसको प्रयोगबारे किसानलाई प्रशिक्षण पनि दिन थालेको छ ।
रसायनिक मललाई कुन समयमा कति मात्रमा प्रयोग गर्नै भन्ने बारेमा किसान ं अनविज्ञ पाईएकाले आजदेखि प्रत्येक वडामा प्रशिक्षण दिन थालिएको गाउँपालिकाका कृषि विकास शाखाका प्रमुख टोप बहादुर बरुवालले बताउनु भएको छ ।
यो सँगै आर्थिक वर्ष ०७७ र ०७८ का लागि कृषि विकास शाखाको योजनाको छनौटको अपेक्षा संकलन गर्ने र रासायनिक मलमा ढुवानी अनुदानको बारेमा समेत जानकारी दिईरहेको बरुवालले बताउनुभयो ।
यसअघि कृषि उत्पादन बढाउन कृषकलाई रासायनिक मल ढुवानीका लागि अनुदान दिने निर्णय भए अनुसार साल्ट ट्रेडिङकै भाउमा गाउँपालिकाले मल उपलब्ध गराईरहेको छ ।
कोरोना भाईरस (कोभिड १९) का कारण खाद्यान्न अभाव हुन नदिनका लागि कुषि उत्पादन वृद्धिमा जोड दिन थालेको गाउँपालिका अध्यक्ष निमा ग्यल्जेन शेर्पाले बताउनुभयो ।
नेपाल सरकारको रासायनिक मल वितरणको जिम्मा पाएको शाल्ट ट्रेडिङ कम्पनी तथा कृषि सामाग्री कम्पनी लिमिटेडले तोकेकै दर रेटमा हेलम्बुका किसानलाई मौसम अनुसारको मल वितरण गरिरहेको शेर्पाले जानकारी दिनुभयो ।
स्थानीय सहकारीमार्फत युरिया मल प्रतिबोरा ८५० र डिएपी मल प्रतिबोरा २३०० मा वडा वडामा वितरण गरिरहेको पनि शेर्पाले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्