जंगली च्याउ खाएर सभापोखरीमा थप एक जनाको मृत्यु
संखुवासभा । जिल्लाको सभापोखरी गाउँपालिकामा जंगली च्याउ खाएर विरामी परेका मध्ये थप एक जनाको आइतबार मृत्यु भएको छ ।
जंगली च्याउ खाएर बिरामी भएकी सभापोखरी–२ की २४ वर्षिय अनिता राईको उपचारका क्रममा मृत्यु भएको हो ।
गत २० गते शनिबार जंगली च्याउ खाएर तीन परिवारका १० जना बिरामी परेका थिए । बिरामी भएका १० जना मध्ये एक जनाको २६ गते मृत्यु भएको थियो भने अनिताको भने जिल्ला अस्पताल खाँदबारीमा उपचार हुन नसकेपपछि बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको सभापोखरी गाउँपालिका वडा नं २ का वडाअध्यक्ष डिक वहादुर सुवेदीले जानकारी दिनुभयो । अन्य आठ जना भने उपचार पछि घर फर्किएका छन् ।








प्रतिक्रिया राख्नुहोस्