हर्रेको रिपिटर टावर र्ममतपछि परीक्षण प्रसारण शुरु
सुर्खेत । सुर्खेतको हर्रे स्थित रेडियो नेपालको रिपिटर टावर र्ममतपछि परीक्षण प्रसारण शुरु भएको छ ।
गत विहीबार वर्षासँगै आएको हावाहुरीले रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर ढालेपछि अवरुद्ध एफएम १०० मेगाहर्ज प्रसारण आज मर्मतपछि सुचारु भएको भएको हो ।
हावाहुरीले क्षतिग्रस्त बनेको रिपिटर टावर पुर्ननिर्माण गर्न केही समय लागेपनि प्राविधिकहरुको अथक प्रयासबाट आज ५ बजे देखि परीक्षण प्रसारण शुरु गरिएको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्र सुर्खेतका प्रमुख जानकीशरण साहले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्