भोजपुरमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

भोजपुर । भोजपुरको षडानन्द नगरपालिकामा ट्याक्टर दुर्घटना हुँदा दुई जनाकोको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् ।
भोजपुरको षडानन्द नगरपालिका–४, दुबेस्थित चाम्लादाङबाट दिङलातर्फ आउँदै गरेको प्रदेश नं.१–०२–००३ त १२१३ नम्बरको लकडी लोड रहेको ट्याक्टर आफै अनियन्त्रित भई आज दुर्घटना हुँदा ट्याक्टर चालक षडानन्द नगरपालिका– ४ केराबारी बस्ने २५ वर्षका आईत बहादुर तामाङ र अरुण गाउँपालिका–४ चरम्बी बस्ने १७ वर्षका नवीन तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख राजु लामाले जानकारी दिनुभयो ।
दुर्घटनामा अन्य चार जना घाइते घाइते भएका छन् । दुर्घटनामा घाइते १९ वर्षका दाछिरि शेर्पा, २३ वर्षका अम्बर तामाङ, १८ वर्षका सागर तामाङ र १८ की सुनिता तामाङको षडानन्द नगरपालिकाको केन्द्र दिङला नगर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्