तपाईँ सुन्दै हुनुहुन्छः

‘प्रहरीको मनोबल उच्च बनाउनुपर्छ’

मेलम्ची । कोरोना भाएइरस (कोभीड–१९) नियन्त्रणका प्रहरीको मनोबल उच्च बनाउनुपर्ने बागमती प्रदेशका प्रहरी प्रमुख डिआइजी वसन्त लामाले बताउनुभयो ।

जिल्ला प्रहरी सहितको प्रहरी यूनिटको अनुगमनको क्रममा सिन्धुपाल्चोक आउनुभएका लामाले काममा खटिएका प्रहरीको मनोबल बढाउन प्रदेश प्रहरीले विशेष तयारी गरेको बताउनुभयो ।

संघियताको मर्म अनुरुप प्रहरीको समायोजन पछि दरवन्दीकै हाराहारीमा जनशक्ति पुग्ने र प्रहरीको काम थप प्रभावकारि हुने उहाँले बताउनुभयो ।

सुरक्षा दृष्टिकोणमा राजधानी काठमाडौको सुरक्षा जोखिम घटाउने देखि लागुऔषध र तस्करी रोक्ने विशेष अभियान सञ्चालनको योजना रहेको लामाले बताउनुभयो ।

पेशाप्रतिको सक्रियता र ईमान्दारितालाई थप प्रगाढ बनाउन आफू केन्द्रित हुने र समुदाय प्रहरी साझेदारी कार्यक्रममा विस्तार गने योजना रहेको उहाले बताउनुभयो ।

नेपाल चीनबीचको तातोपानी र रसुवागढी नाकामा सुरक्षित आवागमनमा ध्यान पुर्याउँदै तस्करी रोक्न प्रहरी युनिट तथा जनशक्ति थप गर्न सकिने समेत प्रदेश प्रहरी प्रमुख लामाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button