कोरोना संक्रमित टोलमा नेपालगन्ज उपमहानगरपालिकाले राहत दिने
नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना संक्रमण फैलिएपछि निषेधित क्षेत्र घोषणा गरिएको वडा नम्बर ८ जोल्हनपुर्वामा तत्काल राहत वितरण गर्ने भएको छ ।
नगर प्रमुख डा.धवलशम्शेर राणाको अध्यक्षतामा आज बसेको कार्यपालिका बैठकले सो टोलका ८० घरपरिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरेको हो ।
नेपालगञ्जमा हालसम्म २४ जनामा कोरोना संक्रमण देखिएको छ । बैठकले कोरोना रोकथाम तथा नियन्त्रणका लागि समन्वय गर्न प्रत्येक वडामा समिति गठन गर्ने निर्णय समेत गरेको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले पिसिआर परिक्षणका लागि आवश्यक किट तत्काल भेरी अस्पतालमा उपलब्ध गराउन समेत सरकारसंग माग गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्