इन्टरनेट प्रविधिमार्फत विपद् पत्रकारिता तालिम

काठमाडौँ । नेपाल प्रेस इन्स्टिच्युटले बेलायतस्थित बर्नमथ युनिभर्सिटीको सहयोगमा लकडाउनकै अवधिमा इन्टरनेट प्रविधिमार्फत विपद् पत्रकारिता तालिम सम्पन्न गरेको छ ।
एक हप्तासम्म सञ्चालन भएको तालिममा ४० जिल्लाका ६२ जना पत्रकारहरुको सहभागिता रहेको नेपाल प्रेस इन्स्टिच्युटका तालिम संयोजक एवं प्रशिक्षक कपिल काफ्लेले बताउनुभयो ।
तालिममा इन्टरनेट प्रविधिमार्फत बर्नमथ युनिभर्सिटीका प्रा.आइनार थोरसन र डा.चिण्डु श्रीधरणले विपद् रिर्पोटिङको विषयमा प्रशिक्षण दिनु भएको थियो भने नेपाल प्रेस इन्स्टिच्युटको तर्फबाट बरिष्ठ पत्रकार कपिल काफ्ले, मन्टेश्वरी राजभण्डारी, लक्ष्मण उप्रेती र मोहन नेपाली तथा विज्ञ प्रशिक्षक विज्ञान शर्माले बिभिन्न विषयमा प्रशिक्षण दिनु भएको थियो ।
बिहिबार भएको तालिम समापनमा नेपाल प्रेस इन्स्टिच्युटका अध्यक्ष निलकण्ठ उप्रेती र महासचिव लक्ष्मण हुमागाईले लकडाउनको समयमा पनि समय निकालेर तालिममा सहभागी भएकोमा सबैलाई धन्यवाद ज्ञापन गर्दै पत्रकारहरुको चाहना अनुसार अर्को समूहलाई पनि तालिमको व्यवस्था गरिने बताउनुभयो ।
तालिममा एक सय २८ जनाको आवेदन प्राप्त भएकोमा यो पटक ६२ जनालाई मात्र सहभागी गराउन सकिएको तालिमका संयोजक काफ्लेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्