तपाईँ सुन्दै हुनुहुन्छः

भोलिदेखि नेपालगञ्जमा निषेधित क्षेत्र केही खुकुलोे बनाइने

नेपालगञ्ज । नेपालगञ्जको निषेधित क्षेत्र भोलिदेखि केही खुकुलो बनाइने भएको छ । भोलिदेखि विहान ११ बजेबाट दिउँसो ३ बजेसम्म अत्यावश्यक सामग्री किनमेलका लागि पसलहरु खोल्न दिइने भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले खाद्यान्न, डेरी, तरकारी लगायत अत्यावश्यक सामग्री पाइने पसल विहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म खोल्न दिने निर्णय गरेको हो ।

अन्य समयमा भने हिंड्डुल गर्न नपाइने गरी निषेधित क्षेत्र कायमै रहने प्रमुख जिल्ला अधिकारी कुमार बहादुर खड्काले जानकारी दिनुभयो । लकडाउनका बेला जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास बाहेकका सवारी साधन सञ्चालन गर्न नपाइने खड्काले बताउनुभयो ।

यसअघि पाँच दिनको अन्तरालमा २३ जना संक्रमित भेटिएपछि नेपालगञ्जलाई बैशाख २३ गते विहान ११ बजेदेखि बैशाख २५ गते मध्यरातिसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button