तपाईँ सुन्दै हुनुहुन्छः

वर्षासँगै आएको हावाहुरीले सुर्खेतको हर्रे स्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर ढल्यो

सुर्खेत । आज बिहान वर्षासँगै आएको हावाहुरीले सुर्खेतको हर्रेस्थित रेडियो नेपाल र नेपाल टेलिभिजनको टावर ढलेको छ ।

टेलिभिजनको टावर रेडियो नेपालको एफएफ रिले स्टेशनको घरको छतमा ढल्दा केही भौतिक क्षति पुगे पनि मानविय क्षति नभएको रेडियो नेपाल हर्रेस्थित एफएम रिले स्टेशनका प्राविधिक मोहन खत्रीले जानकारी दिनुभयो ।

उहाँले आज बिहान ६ बजेतिर हावाहुरीले टावर ढल्दा रेडियो नेपाल र नेपाल टेलिभिजनको एन्टिना भाँच्चिएपछि एफएम रिले प्रसारण अवरुद्ध भएको बताउनुभयो ।

यता हावाहुरीले क्षतिग्रस्त टावर बनाउन केही समय लागेपनि हाललाई मिडिएम वेभ ५७६ किलो हर्ज सुर्खेतबाट प्रसारण भइरहेको रेडियो नेपाल प्रादेशिक प्रसारण केन्द्रका प्रमुख जानकीशरण साहले जानकारी दिनुभयो ।  उहाँका अनुसार हावाहुरीले ढलेको टावर मर्मत गर्न केही समय लाग्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button