तपाईँ सुन्दै हुनुहुन्छः

वीरगन्जमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा प्रतिबन्ध

बीरगंज । बीरगंजमा ठूलो संख्यामा कोरोना संक्रमित भेटिएसँगै आजबाट स्थानीय प्रशासनले वीरगंजको अधिकांश क्षेत्रमा अत्यावश्यक बाहेक अन्य सवारी साधन सञ्चालनमा पूर्णरुपमा प्रतिबन्ध लगाएको छ ।

स्थानीय प्रशासनले महानगरपालिकाको वडा नम्बर १,२, ३ र वडा नम्बर १६ को इनर्वा क्षेत्रलाई शिल गरेको छ ।

महानगरपालिका भित्र प्रवेश गर्ने राजमार्ग तथा सहायक मार्गमा सवारी साधन सञ्चालनमा प्रतिवन्ध लगाइएपनि नगरबासीहरुलाई दैनिक आपूर्तिको खाद्यान्न लगायत अत्यावश्यक सामग्री नजिकैको किराना पसल तथा खाद्य सामग्री बिक्री गर्ने पसलबाट खरिद गर्न प्रहरी प्रशासनले नगरबासीसँग अनुरोध गरेको छ ।

दैनिक आपूर्तिका सामान खरिद गर्न नजिकैको पसलबाट जुन सुकै समयमा पनि सकिने र ग्राहकको आग्रहमा केही समयका लागि पसल खोलेर सामान दिनको लागि प्रहरीले अवरोध नगर्ने जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिनुभयो । यसरी पसल खोल्दा भिडभाड भने लगाउन नपाइने पन्तले बताउनुभयो ।

वीरगंज उद्योग वाणिज्य संघसँग समन्वय गरेर साँझ साढे ७ बजेपछि आफूलाई उपयुक्त हुने समयमा राति नै किराना होलसेलहरुबाट किराना पसल सञ्चालकहरुले सामान ल्याउदा प्रहरीले कुनै अवरोध नगर्ने जानकारी समेत प्रहरी उपरिक्षक पन्तले दिनुभयो ।

यसैबीच जिल्ला प्रसासन कार्यालय पर्साले लकडाउनको अवधीमा सञ्चालन हुने अत्यावश्यक सवारी साधनलाई आजबाट इ–पास उपलब्ध गराउने भएको छ ।

कार्यालयले इ–पास सम्बन्धी बिहिबार सूचना जारी गर्दै कार्यालय नआइकन जो जहाँ छ त्यहीबाट आवश्यक व्यक्तिले इ–पास लिन सक्ने व्यवस्था मिलाइएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button