तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा चट्याङ लागेर दुई जनाको मृत्यु

फाइल तस्बिर

रोल्पा – लुङ्ग्री गाउँपालिका–२ सिर्पका दुई जनाको आज चट्याङ लागेर मृत्यु भएको छ । चट्याङबाट ६३ वर्षका भीमबहादुर विक र ४० वर्षका चित्र पुनको मृत्यु भएको रोल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक चित्रबहादुर गुरुङले जानकारी दिनुभयो ।

चट्याङले भीमबहादुरको एक वटा बाख्रासमेत मरेको जनाइएको छ । घटना भए लगतै घटनास्थलमा प्रहरी चौकी सिर्प र इलाका प्रहरी कार्यालय सुलिचौरबाट प्रहरी टोली पुगेको थियो ।

शव परीक्षणका लागि प्रथमिक स्वास्थ्य केन्द्र सुलिचौर ल्याइएको प्रहरी प्रमुख गुरुङले बताउनुभयो ।रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button