तपाईँ सुन्दै हुनुहुन्छः

जुम्लामा एकवर्षमा सात हजार बढीले बनाए राष्ट्रिय परिचयपत्र

जुम्ला ।  जुम्लामा पछिल्लो एक वर्षमा सात हजार ४३० जनाले राष्ट्रिय परिचयपत्र बनाएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी मीनबहादुर रावलकाअनुसार गत आर्थिक वर्ष २०८१र८२ मा चार हजार ४२ पुरुष र तीन हजार ३८८ महिलाले राष्ट्रिय परिचयपत्र बनाएका हुन् ।

यसैगरी छ हजार ८७ जनाले नेपाली नागरिकताको प्रमाण पत्र लिएका छन् । राहदानी लिनेहरूमा  ६५१ पुरुष र ३७७ महिला गरी जम्मा एक हजार २८ जना रहेको सूचना अधिकारी रावलले जानकारी दिनुभयो ।

सरकारले सामाजिक सुरक्षा भत्तालगायतका सेवाका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गराएपछि चालु आर्थिक वर्षको तीन महिना अर्थात् असोजसम्ममा मात्र तीन हजार ५३७ जनाले आवेदन दिएका छन् । 

राहदानी, सङ्घसंस्था दर्ता तथा नवीकरण एवम् अन्य शीर्षकमा चालु आर्थिक वर्षको पछिल्लो तीन महिनामा रु १३ लाख ३७ हजार ६५० राजस्व सङ्कलन भएको जिल्ला प्रशासनले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button