तपाईँ सुन्दै हुनुहुन्छः

ग्याँस बुलेटसँग मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

चितवन। पूर्व पश्चिम राजमार्ग अन्तरगत चितवनको खैरहनीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

खैरहनी नगरपालिका–२ स्थित लदरी खोला पुलमा गएराति करिब १०ः३० बजे ग्याँस बुलेट र मोटरसाइकल ठोक्किँदा खैरहनी नगरपालिका–२ निवासी २८ वर्षीय मनिष बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

बिग्रिएर रोकेको भारतीय नम्बर एचआर ३८ ए फ ६१२६ को ग्याँस बुलेटमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००२ प ३२३० नम्बरको मोटरसाइकल ठक्करखाएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button