विषालु सर्पको टोकाईबाट एक बालिकाको मृत्यु
बारा । जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ मा विषालु सर्पको टोकाईबाट आज एक बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही वडाको डकाहा निवासी १२ बर्षिय बालिका रंजिता रानामगर रहनु भएको छ । स्थानिय विद्यालयको कक्षा ४ मा पढ्दै गरेकी बालिका लकडाउनका कारण विद्यालय बन्द भएको मौका छोपी साथीहरुसँग बारीमा मकै सिला खोज्न जानुभएको थियो । सोही क्रममा सर्पले बालिकाको दाहिने खुट्टाको कान्छी औंलामा टोकेको स्थानीयले बताएका छन् ।
सिला खोजेको मकैसहित घर आएकी बालिकालाई अकास्मात बेहोस भएपछी सर्पले टोकेको आशंकामा स्थानियले अस्पताल लगेका थिए । नारायणी उपक्षेत्रीय अस्पताल विरगजंले बालिकालाई विषालु सर्पले टोकेको भनी मृत घोषण गरेको वडा अध्यक्ष केदार बजगाँईले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्