निर्वाचन कार्यालय सुनसरीमा मतदाता नामावली सङ्कलन गराउनेको भिड
सुनसरी । जिल्ला निर्वाचन कार्यालय सुनसरीमा फोटो सहितको मतदान नामावलीमा नाम दर्ता गराउनेहरूको भिड बढेको छ ।

दैनिक २०० को सङ्ख्यामा नाम दर्ता गराउने काम भइरहेको सूचना अधिकारी कुमारी आचार्यले जनाकारी दिनुभयो ।
उहाँका अनुसार गत असोज १० देखि फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदाता नामावली दर्ताको कार्य सुरु भएको हो ।
सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तालिका सार्वजनिक गरेसँगै मतदाता नामावली सङ्कलनको कामसमेत सुरु गरिएको आचार्यले जनाकारी दिनुभयो ।
निर्वाचन आयोगको ‘अनलाइन’मा फाराम भरेपछि उक्त फारामका आधारमा जहाँसुकै गएर फोटो र ‘बायोमेट्रिक’ दिन सकिने उहाँले बताउनुभयो । कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो ।
२०७९ को निर्वाचनमा सुनसरीमा पाँच लाख ४४ हजार ९८१ मतदाता थिए ।
प्रतिक्रिया राख्नुहोस्