तपाईँ सुन्दै हुनुहुन्छः

दुर्घटनामा परेका घाइतेहरूको उपचार नभएको भन्दै आन्दोलन, बिपी राजमार्ग ठप

महोत्तरी । दुर्घटना परेर घाइते भएकाहरूको उपचार नभएको भन्दै आफन्तहरुले बिपी राजमार्ग बन्द गरेका छन् । १७ असोजमा बर्दिबासको खयरमारामा भएको दुर्घटना भएर घाइते भएकाहरूको बिपी यातायातले उपचार गर्न नमानेको भन्दै उनीहरूले राजमार्ग बन्द गरेका हुन् ।

अहिले पूर्व–पश्चिम राजमार्ग हुँदै बिपी राजमार्ग भएर काठमाडौँ प्रस्थान गर्ने सबै सवारी साधन रोकेर पीडित परिवारसहित स्थानीयहरूले चक्का जाम गरेको  बर्दिबास नगरपालिका–११ का वडा अध्यक्ष गोपाल बल बताउनुभयो । 

चक्का जाममा जनप्रतिनिधिहरूको समेत उपस्थिति रहेको छ । बर्दिबास– १० र ११ का स्थानीयहरूले राजमार्गको गौरी डाँडामा बसेर आवतजावत गर्ने सबै सवारी साधन राेकेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button