६ संक्रमित भोलि कोशी अस्पतालबाट डिस्चार्ज हुँदै
विराटनगर । विराटनगरको कारोना विशेष कोशी अस्पतालमा उपचार गराइरहेका ६ जना सक्रमित कोरोना मुक्त भएका छन ।
उदयपुरको झुल्केमा परीक्षणको क्रममा कोरोना संक्रमित देखिएका उनीहरुलाई बैशाख ५ गते सो अस्पतालमा उपचारका लागी ल्याइएको थियो ।
तिनपटक स्वाब परीक्षण गर्दा तिनैपटकको उनीहरुको रिर्पोट नेगेटिभ आएकाले डिस्र्चाज गर्न लागिएको प्रदेश नं. १ का समाजिक विकासमन्त्री जिवन घिमिरेले बताउनुभयो । उनीहरुलाई भोली बिहान ८ वजे डिस्र्चाज गरिने मन्त्री घिमिरेले वताउनुभयो । उनीहरु सबै भारतीय नागरिक हुन ।
उनीहरु सबैलाई विराटनगरको रानीस्थित मसजिदमा १० वटा कोठामा एकहप्ता सम्म क्वारेन्टाइनमा राखिने व्यवस्था मिलाइएको छ ।
अस्पतालमा ३१ जनाको उपचार भइरहेकोमा ६ जना संक्रमित कोरोनामुक्त भएका हुन् । बाँकी अन्यको अवस्था पनि सामान्य रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्