एक करोड बढी भारतीय रुपैयाँसहित दुइजना पक्राउ
विराटनगर । विराटनगर भन्सार कार्यालय भएर नेपाल भित्राउन लागेको अवस्थामा एक करोडभन्दा बढी भारतीय रुपैया सहित दुइजनालाई प्रहरीले आज पक्राउ गरेको छ ।
भारतको सुपौलवाट आएको डव्लुबी ७३ ई ७६७५ नम्बरको ट्रक एकिकृत भन्सार जाँच चौकीमा खानतलासी गर्नेक्रममा काटुनमा लुकाई राखेको अवस्थामा १ करोड ९ लाख ७९ हजार ५ सय भारतीय रुपैयाँसहित दुइजनालाई नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलका एसपी नेत्रवहादुर कार्कीले वताउनुभयो ।
वरामद रकममध्ये पाचसय दरका २१ हजार ९ सय ५५ थान नोट रहेका छन । खाली ट्रकमा गुटकाको र्यापरले बेरेर बोराभित्र काटुनमा रकम लुकाई राखेको अवस्थामा रकम फेला परेको एसपी कार्कीले वताउनुभयो ।
ट्रकका चालक रवीकुमार शर्मा र सहचालक पप्पुकुमार लाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरु दुवैजना भारतीय हुन ।
उक्त ट्रक विराटनगरबाट सामान लिएर भारतको सिलिगुडी जानका लागी विराटनगर भित्रिन लागेको थियो । रकम हुण्डी कारोबारीको हुन सक्ने प्रहरीको अनुमान छ ।
बरामद रकम राजश्व कार्यालय इटहरीमा वुझाइने एसपी कार्कीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्