घर लिप्ने माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा १ को मृत्यु, दर्जनौँ घाइते
बारा। छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा बाराको सिम्रौनगढ नगरपालिकाको (नयाँ भवनको) दक्षिणतर्फ माटोको ढिस्को खसेर पुरिँदा एक जना महिलाको मृत्यु भएको बारा प्रहरीले जनाकारी दिएको छ ।

मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका वडा नम्बर-५ निवासी ६५ वर्षीय शरदा देवी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितले जानकारी दिनुभयो ।
घटनामा परी दर्जनौँ घाइते भएको छन् । जस मध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूलाई पनि उपचारका लागि प्रादेशिक अस्पताल कलैयाका ल्याइरहेको प्रहरी प्रवक्ता पण्डितले जानकारी दिनुभयो ।
घटनापछि तत्काल सशस्त्र प्रहरी र जनपथ प्रहरीले घाइतेहरूको उद्धार गर्नुभएकाे थियाे। छठ पर्व नजिकिँदै गर्दा माटो खन्ने क्रममा तराई मधेसमा हुने यस्ता दुर्घटनाले स्थानीयमा त्रास उत्पन्न हुने गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्