तपाईँ सुन्दै हुनुहुन्छः

डोटीमा यात्रुवाहक हाइस् दुर्घटना, १ को मृत्यु र २१ घाइते

डोटी। डोटीको जोरायल गाउँपालिका–१, गोल्डेनस्थित भिमदत्त राजमार्गमा यात्रुवाहक हाइस् दुर्घटना हुँदा एक जनाको मृत्यु र २१ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार अछाम मङ्गलसेन नगरपालिका–९ की २२ वर्षीया हरिया परियार घटनास्थलमै मृत्यु भएकी छन्। गम्भीर घाइते हुनेमा अछाम मङ्गलसेनका १८ वर्षीय लोकेन्द्र रावल, १६ वर्षीय एकेन्द्र बि.क., ३५ वर्षीय मोतिकला परियार, ११ वर्षीय बिराज परियार, ५३ वर्षीय भिम ब. ढोली, ११ वर्षीय शृष्टी परियार, १९ वर्षीय बिनोद परियार, ३० वर्षीय मनसरी परियार रहेका छन्।

त्यसैगरी अन्य घाइतेमा मङ्गलसेन ९ का ४२ वर्षीय मेघ्या ढोली, ५ वर्षीया आहाना परियार, ५ वर्षीया एलिसा परियार, ५० वर्षीय पदमा परियार, ५ वर्षीया रिया परियार, २३ वर्षीय रवि परियार, ३७ वर्षीय नृप ढोली, ३८ वर्षीय देवराज भाट, ३० वर्षीय मनसरी परियार, अछाम बान्निगढी–१ का ५० वर्षीय इन्द्रसरा परियार, ४३ वर्षीय चक्र परियार, ४ वर्षीया सुप्रिया परियार र २१ वर्षीया गौरी परियार रहेका छन्।

उक्त दुर्घटनामा कैलाली धनगढी उपमहानगरपालिका–१२ का ३८ वर्षीय हाइस चालक देबबहादुर थापासमेत घाइते भएका छन्।

प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह पुजाराको कमाण्डमा १४ जनाको टोलीले उद्दार गरी सबै घाइतेलाई उपचारका लागि कैलालीस्थित पद्म अस्पताल, अत्तरियामा पठाएको छ।

अछामबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१–००१ ख ३९५६ नम्बरको इभी हाइस् अनियन्त्रित भई सडकबाट करिब १०० मिटर तल खसेको थियो। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button